तिम्रो भुगोल को झ्यालखानामा बन्दी बनाउ
November 15, 2010 at 3:34pm
तिम्रो भुगोल को झ्यालखानामा बन्दी बनाउजहाँ म निर्लिप्त न्यानो सग
आलिङन गर्दै निस्फिक्री सुत्न सकौ
अनी तिम्रा फराकिला फाट हरुमा
चिसो ले फुटेका कुर्कुचा लिएर दौडन सकु ।
ईन्द्रवती को दोभान मा उभिएर
एक अन्जुली पानी भर्न सकु
तातो ले रापिलो भएको अनुहार मा
तिम्रो चिसो ले स्पर्श गर्दै मेरो मन हरु पखाल्न सकु ।
तिम्रो फाट हरुमा सुन फलेका छन
लहरै टम्म मिलेका फेदी हरुमा
चादी हरु टल्किएका छन
म सुन टिप्न र चढि बटुल्न
त्यसै बहकिएको छु तिम्रो आगन मा ।
लमतन्न फैलिएको तिम्रो आगन मा
बालुवा को कण सग खेल्दै
कहिले तिमी बस्ने घर
कहिले तिम्रा अंमुर्त चित्र हरु कोर्न सकु ।
तिम्रो भुगोल बाहिर मलाई
एक निमेस पनि बस्न मन छैन
जहाँ पानी भर्ने पधेरो छैन
मलाई बन्दी बनाउने तिमी छैनौ
बिहानि को बन्दी सिदा मा
तिम्रो मिठास देख्न सकु
उराठ लाग्दो पारीलो दिन मा
हावा ले उडाएका मसिना धुलो हरुमा
मेरो मातृभूमी को कण कण स्पर्श गर्न सकु ।
जहाँ मेरो प्रतेक पाइला मा तिम्रो छाप होस्
त्यो मेरो भुगोल जसले मलाई हिंड्न सिकायो
जहाँ म तिमी लाई आलिङन गर्न सकु
निस्फिक्री तिम्रो अधर मा चुम्न सकु ।
किरण कोइराला
नयाँ बानेश्वोर
२०६७ अशोज २८
No comments:
Post a Comment