निला खुशी हरु
May 5, 2013 at 2:34pm
निला खुशी हरु
एक टक ,एक छिन
घण्टाघर नजिक उभिएर
निलो रंगको शिरीषका फुल हरु हेरे ।
आँखा हरु मिच्दै
निला बसन्त र रुख का बैश लाई स्वागत गरे
अह ति फुल हरु ओइलाएका फिटिक्कै थिएनन ।
शहर का भिता हरु मा
टल्किने हिमाल नदेखिएर
तिमी शहर छोडि पहाड उक्लिदै छु भन्थ्यौ ।
हिजो नयाँ सडक मा धुलो ले पुरिएकी युबती
आज दरबार मार्ग को बाटो हुँदै निला फुल माथि पाइला टेक्दै कतै जादै थिई
फर्कदा अर्ध खुलेको गर्धन मा निला डोब हरु ले सपाट चित्र कोरेको थियो
,त्यो निलो रंगको शिरीष को फुल हुनु पर्छ ।
तिमी फर्कदा
यि शहर का बाटा हरु चौडा भइसक्छन
म फुल छोडेर काडा मात्र बाँकी रहेको रुख देखाउदा तिमी विश्वाश मन्दिनौ होला ।
तिमी पर्खियौ भने म अर्को बर्ष यसै गरी मेरो शहर को निला खुशी हरु देखाउने छु ।
तिमी खुशीले आँखा चम्किलो पार्ने छौ ।
किरण कोइराला
नक्साल ,काठमान्डौ
२०६९-०१-२३
No comments:
Post a Comment