Thursday, January 9, 2014

अस्ट्रिन अपुरै छीन

May 18, 2010 at 12:35pm

पर्बतिय झन्कार झन्किरहेको
तिम्रा बदनमा अनुपम मुस्कान छाएको
सुहाउदिला सुकुमारी जवानी मा
बल्कल टमक्क कसिएको ।

पाइला सार्दा संगीत फैलाउने तिमी
स्वर्गै बदलियो यो धर्ती पनि
बोलाइमा जादु गुन्जित पार्ने
साचै अप्सरा नै होउ कि तिमी

लज्जावती प्रक्रिती पार्दिने तिमी
मलाई अबोल गर्दिने पनि
अन्धकार बने नयन अरुका
मिर्गनयनी अगाडि पर्दा तिमी ।

साहित्यकार का कलम भोकाइरहेछन
कयौ शब्द जडिय सेता पन्ना माझ्
तै पनि रिक्त अझै छन तिम्रो बर्णन मा
तेसैले प्रक्रिती तिमी हौ ।

सेक्स्पीयर अधुरा छन
अस्ट्रिन अपुरै छीन
तसर्थ म झनै अलमलै छु
तिम्रा छाया माझ् रहन । । ।

तिम्रो भुगोल को झ्यालखानामा बन्दी बनाउ

November 15, 2010 at 3:34pm

तिम्रो भुगोल को झ्यालखानामा बन्दी बनाउ
जहाँ म निर्लिप्त न्यानो सग
आलिङन गर्दै निस्फिक्री सुत्न सकौ
अनी तिम्रा फराकिला फाट हरुमा
चिसो ले फुटेका कुर्कुचा लिएर दौडन सकु ।

ईन्द्रवती को दोभान मा उभिएर
एक अन्जुली पानी भर्न सकु
तातो ले रापिलो भएको अनुहार मा
तिम्रो चिसो ले स्पर्श गर्दै मेरो मन हरु पखाल्न सकु ।

तिम्रो फाट हरुमा सुन फलेका छन
लहरै टम्म मिलेका फेदी हरुमा
चादी हरु टल्किएका छन
म सुन टिप्न र चढि बटुल्न
त्यसै बहकिएको छु तिम्रो आगन मा ।

लमतन्न फैलिएको तिम्रो आगन मा 
बालुवा को कण सग खेल्दै
कहिले तिमी बस्ने घर
कहिले तिम्रा अंमुर्त चित्र हरु कोर्न सकु ।

तिम्रो भुगोल बाहिर मलाई
एक निमेस पनि बस्न मन छैन
जहाँ पानी भर्ने पधेरो छैन
मलाई बन्दी बनाउने तिमी छैनौ

बिहानि को बन्दी सिदा मा
तिम्रो मिठास देख्न सकु
उराठ लाग्दो पारीलो दिन मा
हावा ले उडाएका मसिना धुलो हरुमा
मेरो मातृभूमी को कण कण स्पर्श गर्न सकु ।

जहाँ मेरो प्रतेक पाइला मा तिम्रो छाप होस्
त्यो मेरो भुगोल जसले मलाई हिंड्न सिकायो
जहाँ म तिमी लाई आलिङन गर्न सकु
निस्फिक्री तिम्रो अधर मा चुम्न सकु ।

किरण कोइराला
नयाँ बानेश्वोर
२०६७ अशोज २८

खन्डहर मायाका किस्सा हरु

April 13, 2010 at 11:57am

बाहिर हीउ परीरहेको छ
केटा केटी खेलीरहेका छन
हीउ को बेग र आकार बडदै छ ।

बिस्तारै बिस्तारै
कुरा हरु बन्द गरयौ
अ ,हो, हुनसक्छ ।

तिम्रो निन्द्रा पनि देखे
तिम्रो आँखा पनि देखे
अनी निसब्द माया पनि ।

समय सिमा हरु भत्किए
फेरी खन्डहर भए
हाम्रा माया का किस्सा हरु । ।



किरण कोइराला
२०६६-१२-३१
कोटेश्वर

Saturday, January 4, 2014

निला खुशी हरु

May 5, 2013 at 2:34pm

 निला खुशी हरु


एक टक ,एक छिन 
घण्टाघर नजिक उभिएर 
 निलो रंगको शिरीषका फुल हरु हेरे । 

आँखा हरु मिच्दै 
निला बसन्त र रुख का बैश लाई स्वागत गरे 
अह ति फुल हरु ओइलाएका फिटिक्कै थिएनन । 

शहर का भिता हरु मा 
टल्किने हिमाल नदेखिएर 
तिमी शहर छोडि पहाड उक्लिदै छु भन्थ्यौ । 

हिजो नयाँ सडक मा धुलो ले पुरिएकी युबती 
आज दरबार मार्ग को बाटो हुँदै निला  फुल माथि पाइला टेक्दै   कतै जादै थिई  
फर्कदा अर्ध खुलेको गर्धन मा निला डोब हरु ले   सपाट चित्र कोरेको थियो 
,त्यो निलो रंगको शिरीष को फुल हुनु पर्छ । 

तिमी फर्कदा 
यि शहर का बाटा हरु चौडा भइसक्छन 
म फुल छोडेर काडा मात्र बाँकी रहेको रुख देखाउदा तिमी विश्वाश मन्दिनौ होला । 
तिमी पर्खियौ भने म अर्को बर्ष यसै गरी मेरो शहर को   निला खुशी हरु देखाउने छु । 
तिमी खुशीले आँखा चम्किलो पार्ने छौ । 


किरण कोइराला 
नक्साल ,काठमान्डौ 
२०६९-०१-२३